वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा भारतको कीर्तिमानी जित

 भदौ ९, २०७६ सोमबार ७:४६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

आइसीसी टेष्ट च्याम्पियनसिप अन्तर्गत वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा भारतले कीर्तिमानी तीन सय १८ रनको जित निकालेको छ ।

वेष्ट इन्डिजमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारत पहिलो पारिमा २ सय ९७ रन बनाएको थियो । उसका लागि अजिन्क्या राहाणेले ८१ रन बनायो भने यस्तै रविन्द्र जडेजाले ५८ तथा लोकेश राहुलले ४४ रन थपे ।

जवाफमा वेष्ट इन्डिज पहिलो पारीमा मात्र दुई सय २२ रनमा अलआउट भयो । उसका कुनै पनि खेलाडीले अर्धसतक बनाउन सकेनन् । पहिलो पारिमा वेष्ट इन्डिजका लागि सर्वाधिक रन बनाउने खेलाडिमा रोस्टोन चेसले ४८ रन बनाए भने कप्तान जेसोन होल्डरले ३९ रनको योगदान गरे । बलिङमा भारतका लागि इसान्त शर्माले पाँच विकेट लिए ।

पहिलो पारिमा ७५ रनको अग्रता बनाएको भारतले दोस्रो पारिमा तीन सय ४३ रन बनाएको थियो । भारतका लागि अजिन्क्या राहाणेले एक सय २ रन बनाए भने हनुमान विहारीले ९३ रनको पारी खेले । यस्तै, कप्तान विराट कोहलीले ५१ रन बनाए । दोस्रो पारीमा भारतको उत्कृष्ट ब्याटिङका कारण वेष्ट इन्डिजले चार सय १९ रनको लक्ष्य पाएको थियो ।

तर दोस्रो पारीमा वेष्ट इन्डिज मात्र एक सय रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा केमर रोचले सर्वाधिक ३८ रन बनाउनु बाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उसलाई कम स्कोरमा रोक्न जसप्रित बुम्राहले ५ तथा इसान्त शर्माले ३ र मोहम्मद सामीले २ विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया