नेयमारलाई अनुबन्धित गर्ने बार्सिलोनाको तेस्राे प्रयासलाई पीएसजीले स्वीकार्ला !

 भदौ ९, २०७६ सोमबार १७:४७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

बार्सिलोनाले नेयमारलाई नाउ क्याम्प फर्काउनका लागि पीएसजीसामु तेस्रो तथा अन्तिम ठूलो प्रस्ताव राखेको बताइएको छ । 

बार्सिलोनाले नेयमारको लागि पिएसजीसामु राखेको दुई ओटा प्रस्ताव पीएसजीले अस्वीकार गरिसकेको छ । यस पटक बार्सिलोनाले प्रस्तावमा ओउस्मान डेम्बेलेलाई समेटेको छ । 

ट्रान्सफर मार्केट बन्द हुनुअघि पीएसजीले प्रस्ताव स्वीकार्नेमा बार्सिलोना विश्वस्त देखिन्छ । बार्सिलोनाले यस पटक नेयमारको लागि ठूलो रकम र ओउस्मान डेम्बेले साट्ने प्रस्ताव राखेको बताइएको छ । नेयमारले पीएसजीमा दुई वर्ष बिताएपछि नोउ क्याम्पमा फर्कन चाहेको कुरा धेरै पहिले गरेका थिए । 

बार्सिलोनाले नेयमारको लागि राखेको ७२ मिलियन पाउन्डसँग इभन राकिटिच र फिलिप कौटिन्हो साट्ने पहिलो प्रस्ताव अस्विकार गरेको थियो । दोस्रो पटक राखेको १७२ मिलियन पाउन्ड बराबरको प्रस्तावलाई पनि पीएसजीले अस्वीकार गरिदिएको थियो । 

बार्सिलोनाको यो अन्तिम प्रस्तावको रुपमा रहेको छ र डेम्बेले मुख्य पात्रको रुपमा देखिन्छ । पीएसजीले यो प्रस्तावलाई अस्वीकार गरेको खण्डमा नेयमारलाई अनुबन्धित गर्नका लागि बार्सिलोनाले अन्य प्रयास नगर्ने भनिएको छ । 

डेम्बेले सन् २०१७ मा १३६ मिलियन पाउन्डमा अनुबन्धित भएका थिए । अहिलेसम्मको खेलमा उनी सात पटक घाइते भएका छन् । उनी गएको हप्ता भएको एट्लेटिको बिल्बाओसँगको खेलको क्रममा पनि घाइते भएका थिए । 

त्यसपछि क्लबमा डेम्बेलेलाई बेच्नेबारे बहस सुरु भएको थियो । घाइते भएपछि उनी पाँच हप्ता खेल्न नसक्ने भएका छन् ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया