च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
विश्व टेस्ट च्याम्पियनिसपअन्तर्गत न्यूजिल्याण्डले श्रीलंकाविरुद्धको सिरिज ‘ड्र’ गरेको छ । पहिलो टेस्टमा ६ विकेटले विजयी भएको घरेलु टोली श्रीलंका दोस्रो टेस्टमा भने ठूलो हार ब्योेहोर्न बाध्य भयो ।
टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले पहिलो पारीमा २४४ रन बनाएको थियो । पहिलो पारिमा ६ विकेटको नोक्सानीमा ४३१ रन बनाएर पारी समाप्त गरेको न्यूजिल्याण्डले दोस्रो पारीको ब्याटिङ नै गर्नु परेन ।
दोस्रो पारीमा श्रीलंका १२२ रनमा समेटिएपछि न्यूजिल्याण्ड एक इनिङ्स र ६५ रनले विजयी भयो । न्यूजिल्याण्डलाई जिताउन ट्रेन्ट बोल्ट, टिम साउथी, अजाज पटेल र विलियम सोमरभिलले समान २–२ विकेट लिन सफल भए ।
श्रीलंकाका ओपनिङ जोडीले खाता नै खोल्न सकेनन् भने निरोशन डिकवालाले सर्वाधिक ५१ रन बनाए । दिमुथ करुणारत्नेले २१ तथा कुशल मेन्डिसले २० रन बनाएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।