नेपाल मलेसियाको सुपर लिग च्याम्पियन दारुलसँग १–० ले  हार्यो

 भदौ ९, २०७६ सोमबार २१:२७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा विश्वकप २०२२ का लागि दोस्रो चरणको प्रतिस्पर्धा गर्न लागेको नेपाली टिम यतिबेला मलेसियामा रहेको छ ।

भदौ १९ गते कुवेतसँग खेल्ने तयारीमा रहेको नेपाली टिमले सोमबार मलेसियाको सुपरलिग च्याम्पियन क्लब जोहोर दारुलसँग १–० ले स्तव्ध भयो । नियमित कप्तान विराज मजर्हनको ठाउँमा सुजल श्रेष्ठको कप्तानीमा खेलेको नेपाली टिमले सुरुमै गोल खान पुगेको थियो ।

दोस्रो मिनेटमा नेपालका सुमन अर्यालले फल गरेपछि पाएको फ्रिकिकलाई निकोलस अबर्टोले गोल गरेका थिए । त्यही गोल नै दारुलले अन्तिम समयसम्म कायम राखेका थिए ।

नियमित कप्तान महर्जन र उपकप्तानहरु किरण चेम्जोङ र भरत खवासलाई पनि यस पटक टिममा राखिएको थिएन ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया