च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
यसै सिजन म्यानचेस्टर युनाइटेडबाट इन्टर मिलानमा अनुबन्ध भएका बेल्जियन स्ट्राइर रोमेलु लुकाकुले डेब्यू खेलमा नै गोल गर्न सफल भएका छन् । जसका कारण इन्टर मिलानले सिरी ए लिसविरुद्ध चार शून्यको प्रभावशाली जित निकालेको छ ।
एकतर्फी जस्तो बनेको खेलको २१ औं मिनेटमा ब्रान्जोभिचको गोलमा इन्टर एक शून्यको अग्रता बनाएको थियो । त्यसपछि २४ औं मिनेटमा सेन्सीले इन्टरको अग्रता दुई शून्यमा पुर्याए ।
पहिलो हाफमा दुई गोलको अग्रता बनाएको इन्टरका लागि ६० औं मिनेटमा रोमेलु लुकाकुले तेस्रो गोल गर्न सफल भए । उनी यसै सिजन प्रिमियर लिग क्लब म्यान यू बाट ८० मिलियन यूरोमा इन्टरमा अनुबन्ध भएका थिए ।
त्यसपछि ७६ औं मिनेटमा लिस १० खेलाडीमा झर्न पुग्यो । उसका फारियसले फल गरेपनि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । जसका फाइदा उठाउँदै औं मिनेटमा इन्टर मिलानले खेलमा पाँचौ गोल थप्यो ।
यसपटक उसका लागि कान्द्राभाले गोल गर्न सफल भए । बाँकि समयमा लिस खेलमा फर्कन सकेन र इन्टर मिलानले सुरुवाती तीन अंक जोड्न सफल भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।