च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
साफ अण्डर फिफ्टिन च्याम्पियनसिपअन्तर्गत मंगलबार भएको खेलमा नेपाल विजयी भएको छ ।
नेपालले बंगलादेशलाई ४–१ ले हराउँदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । पहिलो खेलमा भारतसँग ५–० ले पराजित भएको नेपालले बंगलादेशविरुद्ध राम्रो प्रदर्शन गरेको थियो ।
पहिलो हाफको इन्ज्युरी समयमा कृषन यादवले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । ५२औं मिनेटमा सुजन जिमीले गोल गरेपछि नेपालले अग्रता २–० मा लम्ब्यायो ।
७९औं मिनेटमा बंगलादेशले गोल फर्कायो । मियाले गोल गरेपछि बंगलादेशले खेलमा फर्किने संकेत देखाएको थियो ।
८४औं मिनेटमा प्रदीप लम्सालले गोल गर्दै नेपालको अग्रता ३–१ मा लम्ब्याए । ८८औं मिनेटमा कृषन यादवले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–१ को जित दिलाए । अब नेपालले भुटानसँग खेल्न बाँकी छ । यो खेल जितेको खण्डमा नेपालको फाइनल यात्रा पक्का हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।