लियोनल मेस्सी अझै एक महिना मैदानबाहिर रहन सक्ने सम्भावना

 भदौ ११, २०७६ बुधबार १७:४५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

बार्सिलोनाका कप्तान लियोनल मेस्सी अझै एक महिना मैदानबाहिर रहन सक्ने सम्भावना बढेको छ ।

केही साताअघि प्रशिक्षणका क्रममा घाइते भएका मेस्सी पूर्ण रुपमा तयार नभएका कारण एक महिना मैदानबाहिर रहने सम्भावना देखिएको बताइएको छ ।

कोपा अमेरिकापछि प्रशिक्षणमा फर्किएका मेस्सीले घाइते भएका कारण अमेरिकाको प्रि-सिजन टुर र नयाँ सिजनको २ खेलसमेत गुमाएका थिए । जहाँ बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई हराएको थियो ।

रिपोर्टका अनुसार स्वास्थ्यमा समस्या भएका कारण मेस्सीले एक महिना मैदानबाहिर रहने निधो गरेका छन् । मेस्सीले एक महिना मैदानबाहिर रहेको खण्डमा ओसासुना, भ्यालेन्सिया, ग्रानाडा र भिल्लारियलसँगको खेल गुमाउन सक्नेछन् ।

तर मेस्सी सेप्टेम्बरमा हुने गेटाफेविरुद्धको खेलमा भने फर्कन सक्नेछन् । बार्सिलोना घाइते खेलाडीहरुको कारण निकै चिन्तित देखिएको छ । जबकि लुइस स्वारेज र ओउस्मान डेम्बेले पनि मैदान बाहिर रहेका छन् । बार्सिलोनाका म्यानेजर एर्नेस्टो भाल्भर्डेले भने कुनै पनि खेलाडीलाई खतराको सामना गर्न नदिने बताउँदै आएका छन् ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया