सागका लागि नेपाली क्रिकेट टिमको प्रारम्भिक सूचीमा ३५ खेलाडी

 भदौ १२, २०७६ बिहीबार १२:१७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपाली क्रिकेट टिमको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ ।

मंसिरमा आयोजना हुने सागका लागि पहिलो चरणको प्रशिक्षणमा ३५ जना खेलाडीलाई बोलाइएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले खेलाडी छनोट गरेका हुन् । ३५ जना खेलाडीमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, राजु रिजाल, जितेन्द्रकुमार मुखिया, प्रदीप ऐरी, सुनिल धमला, सौरभ खनाल, ललितनारायण राजवंशी, विक्रम सोब, इशान पाण्डे, करण केसी रहेका छन् ।

यस्तै, मोहम्मद आशिफ शेख, विनोद भण्डारी, सन्दीप जोरा, कुशल मल्ल, रित गौतम, पवन शर्राफ, अमित श्रेष्ठ, किशोर महतो, मोहम्मद आरिफ शेख, सुशन भारी, अनिल कुमार साह, अभिनास बोहरा, सन्दीप लामिछाने, नन्दन यादव, रोहितकुमार पौडेल, भीम सार्की, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सागर ढकाल र सहाब आलम रहेका छन् ।

नेपाली टिमले साग लक्षित प्रशिक्षण सेप्टेम्बर १ तारिखदेखि सुरु गर्ने छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया