विश्वकप फुटबल छनाेटका लागि नेपाली टिमकाे घाेषणा, काे-काे परे ?

 भदौ १२, २०७६ बिहीबार १४:११:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर - एन्फा

काठमाण्डाै - फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत कुवेत र चाइनिज ताइपेइविरुद्ध खेल्ने नेपाली टिमको घोषणा गरिएको छ ।

प्रशिक्षक योहान कालिनले सार्वजनिक गरेको टिममा मलेसियामा गरेको प्रर्दशनका आधारमा खेलाडी छनोट गरिएको छ । नेपालले कुवेतविरुद्ध सेप्टेम्बर पाँच र चाइनिज ताइपेइविरुद्ध सेप्टेम्बर १० तारिखमा खेल्ने छ ।

यस पटक पनि नियमति कप्तान विराज महर्जन टिममा परेका छैनन् । उनी मलेसियाको लिग च्याम्पियन क्लबसँगको मैत्रीपूर्ण खेलमा पनि परेका थिएनन् ।

यसैगरी विमल राना र एलेन न्यौपाने पनि टिममा परेका छैनन् । रानालाई रोहित चन्द र न्यौपानेलाई किरण चेम्जोङले रिप्लेस गरेका हुन् । भरत खवास पनि यस पटक टिममा छैनन् । हाल नेपाली सेनाको तालिमका लागि थाइल्याण्डमा रहेका खवासले कुवेत र चाइनीज ताइपेइ विरूद्दको खेल गुमाउने जनाइएको छ । बाँकी खेलमा उनी उपलब्ध हुने सम्भावना रहेको छ ।

मलेसियाबाट फर्किएपछि नेपाली टिमले आज बिहान प्रशिक्षण समेत गरेको थियो । कुवेत विरुद्धको खेलका लागि नेपाली टिम आइतबार जानेछ । टिममा २३ खेलाडी, सात अफिसियल र अरु ६ जना पदाधिकारी रहेका छन् ।

नेपाली खेलाडीको सूची यस प्रकार छ ।

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दाहल, अजित भण्डारी, दिनेश राजबंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल ।

मिडफिल्डर : सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई र रोहित चन्द ।

फरवार्ड : विमल घर्ती मगर, अभिषेक रिजाल र नबयुग श्रेष्ठ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया