उल्भरह्याम्टन यूईएफए युरोपा लिगमा छनोट

 भदौ १३, २०७६ शुक्रबार ६:२६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

उल्भरह्याम्टनले यूईएफए युरोपा लिगको समूह चरणमा स्थान बनाएको छ । प्लेअफको अन्तिम खेलमा टोरीनलाई दुई एकले हराउँदै समग्रमा पाँच तीनको गोलमा उसले युरोपा लिगको समूह चरणमा स्थान सुरक्षित गर्‍यो ।

सन् १९८० पछि पहिलो पटक युरोपा लिगको समूह चरणमा पुग्न सफल भएको उल्भ्सले तीन चरण पार गर्ने क्रममा अन्तिममा टोरीनलाई पाखा लगायो । पहिलो लेग तीन दुईले जितेको उल्भ्सले बिहीबार राति भएको दोस्रो लेगमा दुई एकको जित निकाल्यो ।

घरेलु मैदानमा भएको खेलको ३० औं मिनेटमा जिमिनेजले गोल गर्दै उल्भ्सलाई अग्रता दिलाएका थिए । 

पहिलो हाफमा एक गोलको अग्रता बनाएको उसले ५७ औं मिनेटमा बराबरी गोल खायो । जसमा टोरीनोका बेलोटीले गोल गर्न सफल भए । त्यसपछि ५८ औं मिनेटमा डेनडोन्केरले गोल गर्दै उल्भ्सलाई दुई एकको जित दिलाए ।

यो सँगै उल्भ्सले युरोपा लिगको ड्र मा समावेश भएको छ । उ रहेको पोर्टमा म्यानचेस्टर युनाइटेड, आर्सनल, सेल्टिक र रेञ्जर्स रहेका छन् ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया