टाउनसेन्डसँग हेलेप पराजित

 भदौ १३, २०७६ शुक्रबार ७:१५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्व वरीयतामा चौथो स्थानमा रहेकी सिमोना हलेप वर्षको अन्तिम ग्राण्डस्लाम यूएस ओपनबाट बाहिरिएकी छिन् । उनी एक सय १६ औं वरियताकी टेलर टाउनसेन्डसँग पराजित हुन पुगिन् । 

न्यूयोर्कमा भएको प्रतिस्पर्धामा घरेलु खेलाडी टाउनसेन्डले हलेपलाई २–६, ६–३ र ७–६ को सेटमा पाखा लगाइन् । उनी पहिलो पटक यूएस ओपनको तेस्रो चरणमा पुग्न सफल भए । २३ वर्षे टाउनसेन्डले २७ वर्षे हलेपलाई पाखा लगाउदा उत्कृष्ट खेल देखाइन् । 

पहिलो सेटमा हलेपले सहज रुपमा ६–२ को जित निकाल्न सफल भइन् । तर त्यसपछि खेलमा उत्कृष्ट कमब्याक गरेकी टाउनसेन्डले दोस्रो सेट ६–३ ले जित्न सफल भइन् । 

त्यसपछि तेस्रो तथा अन्तिम सेट निकै रोमाञ्चित बनेको थियो । जसमा टाउनसेन्टले टाइब्रेकरमा ७–६ ले जितिन र करियरमा पहिलो पटक यूएस ओपनको तेस्रो चरणमा स्थान बनाइन् ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया