च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
विश्वकप तथा एसियन कप फुटबलको दोस्रो चरण अन्तर्गत पहिलो खेलमा नेपालले अर्को साता कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नियमित कप्तान विराज महर्जनले टिममा स्थान बनाउन असफल भएपछि त्यस खेलमा नेपालको कप्तानी गोलरक्षक किरण चेम्जोङले गर्ने भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फामा आयोजित समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गरेका हुन् ।
२३ सदस्यीय टोली र १२ अफिसियल गरी ३५ जनाको जम्बो टोली आइतबार कुवेत प्रस्थान गर्नेछ । नेपालले कुवेतबिरुद्ध सेप्टेम्बर ५ मा खेल खेल्नेछ ।
कुवेतबाट नेपाल फर्किएकै दिन नेपाली टोली चाइनिज ताइपेइका लागि प्रस्थान गर्नेछ । नेपालले सेप्टेम्बर १० मा चाइनिज ताइपेइविरुद्ध खेल खेल्नेछ ।
विश्वकप तथा एसियन कपको दोस्रो चरणमा नेपाल समूह बी मा परेको छ । नेपालले कुवेत, चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग होम एण्ड अवेका आधारमा दुई दुई खेल खेल्नेछ । समूहको शीर्ष २ टोली तेस्रो चरणमा स्थान बनाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।