च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
दक्षिण अफ्रिकाविरुद्धको तीन टी–२० अन्तर्राष्ट्रिय सिरिजको लागि बिहीबार भारतीय टिमको घोषणा गरिएको छ ।
भारतीय टिममा महेन्द्रसिंह धोनी परेका छैनन् । युवा खेलाडी ऋषभ पन्तले नै विकेटकीपिंगको भूमिका निभाउनेछन् । टिमको कप्तानी भने र विराट कोहीलले नै गर्नेछन् ।
अलराण्डर हार्दिक पाण्ड्या पनि टिममा फर्किएका छन् । उनलाई वेस्ट इण्डिजविरुद्धको सिरिजमा आराम दिइएको थियो ।
तीव्र गतिका स्विंग बलर भुवनेश्वर कुमारलाई पनि टिममा राखिएको छैन । उनी वेस्ट इण्डिजविरुद्ध टी–२० सिरिजमा टिमको हिस्सा थिए । अर्का तीव्र गतिका बलर जसप्रित बुमराहलाई पनि यो टी–२० सिरिजमा आराम दिइएको छ ।
भारत र दक्षिणा अफ्रिकाबीच तीन अन्तर्राष्ट्रिय टी–२० सिरिजको सुरुवात आउँदो सेप्टेम्बर १५ मा हुनेछ । पहिलो टी–२० धर्मशालामा खेलिनेछ, दोस्रो टी–२० सेप्टेम्बर १८ मा मोहालीमा खेलिनेछ भने तेस्रो तथा अन्तिम टी–२० सेप्टेम्बर २२ को बेंग्लोरमा खेलिनेछ ।
टी–२० सिरिजपछि यी दुई टिमले तीन खेलको टेस्ट सिरिज पनि खेल्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।