एसीसी यू–१९ एसिया कप तयारी: नेपाली टाेली ८९ रनले पराजित

 भदौ १३, २०७६ शुक्रबार १९:०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी यू–१९ एसिया कपको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टिम चिलाउ म्यारियन्स क्रिकेट क्लबसँग ८९ रनले पराजित भएको छ । 

घरेलु टिमले दिएको लक्ष्य पछ्याएको नेपाल ४० ओभर ३ बलमा १ सय ३५ रन बनाएर अलआउट भयो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४५ रन जोडे भने अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । 

भीम सार्कीले २६, रित गौतमले २५, पवन सर्राफले १२, हरि चौहान र रोहित कुमार पौडेलले समान ४/४ रन बनाए । सन्दिप जोरा र राशिद खानले भने खाता पनि खोल्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चिलाउ म्यारियन्सले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २४ रन बनाएको थियो । मध्यम सुरुवात गरेको म्यारियन्सले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेको थियो । पहिलो विकेटका रुपमा धनुषलाई २६ रनमा गुमाएपछि दोस्रो विकेटका लागि म्यारियन्सले ४४ रनको साझेदारी गर्न सफल भयो ।

बलिङमा नेपालका लागि पवन सर्राफ, सूर्य तामाङ र रासिद खानले दुई/दुई विकेट लिए भने सागर ढकाल र कमलसिंह ऐरीले समान एक/एक विकेट हात पारे ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया