फ्रेन्च लिग वान फुटबलमा पीएसजी विजयी

 भदौ १४, २०७६ शनिबार ८:१३:४७ | एजेन्सी
unn.prixa.net

फ्रेन्च लिग वान फुटबलमा पीएसजी विजयी भएको छ । शनिबार बिहान भएको खेलमा मेट्जलाई २–० को जित निकाल्न सफल भएको हो ।

पीएसजीलाई जिताउन एन्जल डी मारिया र चुपो मोटिङले एक-एक गोल गरेका थिए । मुख्य खेलाडी केलियन एम्बाप्पे र एडिन्सन काभानीबिनै मैदान उत्रिएको पीएसजीले सुरुमै अग्रता लिन सफल भएको थियो । ११ औं मिनेटमा पेनाल्टीमार्फत एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि ४३ औं मिनेटमा इरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै पहिलो हाफमै २–० को अग्रता बनाए ।

दोस्रो हाफमा थप गोल हुन नसके पछि पीएसजी २–० ले विजयी हुँदै तालिकामा ९ अंक बनाएको छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया