च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
भारत र वेस्ट इण्डिजबीचको दोस्रो टेस्टको दाेस्राे दिन भारतीय टिमले ४१६ रन बनाएर पहिलाे पारि समाप्त गर्दा वेस्ट इण्डिज ८७ रनमा ७ विकेट गुमाएकाे अवस्थामा छ ।
भारतीय टिमको तर्फबाट कप्तान विराट कोहली र मायंक अग्रवालले अर्धशतक बनाए । त्यस्तै वेस्ट इण्डिजका कप्तान जेसन होल्डरले तीन विकेट लिए ।
तर पहिलो दिनको खेलपछि सामाजिक सञ्जालमा वेस्ट इण्डिजका एक नयाँ क्रिकेटरको धेरै चर्चा भैरहेको छ । रहकीम कर्नवालका खेलाडी आफ्नो शरीरको बनावटका कारण निकै चर्चामा छन् ।
२६ वर्षका रहकीमको यो पहिलो टेस्ट हो ।मिडिया रिपोर्टहरुका अनुसार उनको तौल १४० किलो छ र उनी विश्वको सबैभन्दा धेरै तौल भएका टेस्ट क्रिकेटर बनेका छन् ।
यद्यपि आईसीसीको तर्फबाट भने यसको कुनै पुष्टि भैसकेको छैन । क्रिकेटको आँकडासम्बन्धी विज्ञता रजनीश गुप्ताले पनि याे दावी गरेका हुन् । उनले लेखेका छन्, ‘अष्ट्रेलियाका वारविक आर्मस्ट्रंगलाई पछि पार्दै रहकीम सबैभन्दा धेरै तौल भएका टेस्ट क्रिकेटर बनेका छन् ।’
— Rajneesh Gupta (@rgcricket) August 30, 2019
रहकीमको उचाइ ६ फिट ५ इञ्च छ । उनी दायाँ हाते ब्याटिङसँगै अफ ब्रेक बलिङ पनि गर्छन् ।
आफ्नो पहिलो टेस्टमा उनले चेतेश्वर पुजाराको अहम विकेट लिएपछि क्रिकेटको आँकडा विज्ञ मोहनदास मेननले ट्विटरमा लेखे, ‘यो टेस्ट क्रिकेटको सबैभन्दा वजनदार विकेट थियो ।’
— Mohandas Menon (@mohanstatsman) August 30, 2019
रहकीम वेस्ट इण्डिजको घरेलु क्रिकेटमा चर्चित नाम हो । उनीसँग छक्का लगाउने क्षमता छ र लम्बाइको कारण स्पीन बलिङमा राम्रो बाउन्स मिल्छ । वेस्ट इण्डिज च्याम्पियनसिप २०१९ १९ मा उनले १७ दशमलव ६८ को औसतमा ५४ विकेट लिएका थिए ।
क्रिकेट वेवसाइट ईएसपीएन क्रिकइन्फोका अनुसार रहकीमले ५५ प्रथम श्रेणी खेलमा २४ बढीको औसतमा २२२४ रन बनाइसकेका छन् र २६० विकेट लिइसकेका छन् । टी–२० मा पनि उनको औसत १३१ भन्दा धेरै छ ।
प्रतिभा हुँदाहुँदै पनि धेरै तौलका कारण उनले अन्तर्राष्ट्रिय क्रिकेटमा मौका पाउन धेरै कुर्नुपर्याे । गएको वर्ष वेस्ट इण्डिजका प्रमुख चयनकर्ता कर्टनी ब्राउनले रहकीमको तौल घटाउन मद्दत गर्न गैरहेको बताएका थिए ।
रहकीमले दक्षिण अफ्रिकाका अलराउण्डर ज्याक्स कालिसलाई आफ्नो आदर्श मान्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।