साफ यू–१५ च्याम्पियनशिप फाइनल : पहिलो हाफमा नेपाल ३-० ले पछाडि

 भदौ १४, २०७६ शनिबार १६:१६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

साफ यू–१५ च्याम्पियनशिपको फाइनलमा नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन् । पहिलो हाफमा नेपाल ३-० गोलले पछाडि परेको छ । 

कल्याणी स्टेडियमाम भएकाे खेलमा भारतले १५ मिनेटमा गोलको खाता खोलेको थियो । भारतका लागि महेसोन सिंहले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै पहिलो ४१ मिनेटमा अमनदीपले भारतका लागि दाेस्राे गोल गरे ।

इन्जुरी समयको तेस्रो मिनेटमा शिवाजीतले थप एक गोल गर्दा नेपाल पहिलो हाफमा ३-० ले पछाडि पर्‍याे । 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया