साफ यू–१५ च्याम्पियनशिप फाइनल : नेपालविरुद्ध भारतलाई ६-० काे अग्रता

 भदौ १४, २०७६ शनिबार १६:५३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

साफ यू–१५ च्याम्पियनशिपको फाइनलमा नेपाल भारतसँग ६-० गोल अन्तरले पछाडि परिरहेको छ । 

कल्याणी स्टेडियममा भएको फाइनल खेलमा नेपाल भारतमाथि पूर्णरुपमा हाबी देखिएको छ । भारतले १५ मिनेटमा गोलको खाता खोलेको थियो । भारतका लागि महेसोन सिंहले गोल गर्दै टिमलाई अग्रता दिलाए । 

त्यस्तै पहिलो हाफको ४१ मिनेटमा अमनदीपले भारतका लागि गोल गरे । इन्जुरी समयको तेस्रो मिनेटमा शिवाजीतले थप एक गोल गर्दा नेपाल पहिलो हाफमा ३–० ले पछाडि पर्यो । 

तर नेपालको पोस्टमा भारतका खेलाडीले गोल थप्न नछोड्दा ५२ मिनेटमा अर्काे गोल थप्यो । भारतका लागि श्रीदार्थले गोल गरे ।

६५ मिनेटमा हिमांश जनग्राले र ७६ औँ मिनेटमा श्रीदार्थले व्यक्तिगत दाेस्राे क्लबका लागि छैटाैँ गाेल गर्दा भारतले नेपालविरुद्ध ६-० को अग्रता लिएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया