गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै – सरकारले सुर्खेतमा गाईगोरु मरेको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।
गृह मन्त्रालयले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो । समितिलाई घटनाबारे अध्ययन गरी १५ दिनभित्र कानुनी कारबाहीको सिफारिस गर्न भनिएको छ ।
गृह मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा गौहत्या गम्भीर अपराध भएको र घटनामा संलग्न व्यक्तिलाई कानुन बमोजिम हदैसम्म कारबाही हुने जनाएको छ । नेपालगञ्जको काञ्जी हाउसमा रहेका गाई, गोरु, बाच्छाबाच्छीलाई दैलेखको श्रीस्थान लैजान पठाइएको थियो ।
गृहले १८ गाई र ६ गोरु सहित २४ गाईगोरु मरेको भेटिएको उल्लेख गरेको छ । तर सुर्खेतमा मरेका गाईगोरुको संख्या ३४ पुगेको छ । सुर्खेतको विरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २५ ओटा र बेउरेनी जंगलमा ९ ओटा गाईगोरु मरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
गाई गोरु छाड्ने ५ ओटा ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी प्रमुख डिआईजी पूर्णचन्द्र जोशीले जानकारी दिनुभयो । पाल्नका लागि भनेर ३ सय ७० ओटा गाइगोरु लैजान जिल्ला प्रशासन कार्यालय बाँकेले अनुमति दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।