इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको अपराजित यात्रा कायमै

 भदौ १५, २०७६ आइतबार ८:०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ ।

शनिबार राति भएको खेलमा बर्नलेमाथि ३–० को जित निकाल्दै तालिकामा १२ अंक बनाएको छ । बर्नलेको मैदानमा लिभरपुललाई जिताउन साडियो माने र रोबर्टो फिरमिनोले एक–एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

क्रिस वुडले ३३ औं मिनेटमा आत्मघाति गोल गरेपछि लिभरपुलले सुरुआती अग्रता बनायो । त्यसपछि मानेले ३७ औं मिनेटमा गोल गर्दै लिभरपुललाई २–० ले अघि बढाएका थिए । 

पहिलो हाफमै २ गोलको अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा एक गोल थपेको थियो । ८० औं मिनेटमा फिरमिनोले लिभरपुलका लागि तेस्रो गोल थपेका थिए ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया