सिरिए फुटबलमा नापोलीमाथि युभेन्टसको कठिन जित

 भदौ १५, २०७६ आइतबार ८:४३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

सिरिए फुटबलमा युभेन्टसले नापोलीमाथि कठिन जित दर्ता गरको छ । क्रिष्टियानो रोनाल्डोको युभेन्टसले नापोलीमाथि ४–३ को कठिन जित दर्ता गरेको हो ।

तीन शून्यको अग्रता बनाएको युभेन्टसमाथि नापोलीले लगातार तीन गोल गर्दै खेल बराबरीतर्फ लगेको थियो । तर अन्तिम समयमा युभेन्टसले एक गोल गरेपछि हार जितको नतिजा आएको थियो ।

डेनिलोले १६औं मिनेटमा गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । १९ औं मिनेटमा गोन्जालो हिगुईनले गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा २ गोल गरेको युभेन्टसले दोस्रो हाफमा थप २ गोल गर्दा ३ गोल खान पुगेको थियो । ६२ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई सानदार जिततर्फ अग्रसर गराएका थिए ।

तर ३ गोलले पछि परेको नापोलीले ६६ औं मिनेटमा कोष्टाको गोलमार्फत खेलमा फर्किएको थियो । पहिलो गोल गरेका २ मिनेट पछि नापोलीका लागि हिरभिङ रोड्रिगोले गोल गर्दै अग्रता ३–२ मा झारेका थिए । जियोभानी लोरिन्जोले गोल गर्दै ८१ औं मिनेटमा खेल ३–३ को बराबरीमा ल्याएका थिए ।

तर ९२ औं मिनेटमा नापोलीका कलिडोले आत्माघाति गोल गरेपछि युभेन्टसले लिगमा लगातार दोस्रो जित हात पार्न सफल भयो ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया