सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अङ्ग...
मंसिर १०, २०८१ सोमबार
मानिसको पुर्खा बाँदर थिए, यो सबैलाई थाहा छ । पहिले हाम्रो पुर्खाको पुच्छर पनि थियो, जुन मानिसको क्रमागत विकासका क्रममा बिस्तारै–बिस्तारै लुप्त हुँदै गयो ।
जसरी मानिसको शरीरको विकास हुँदै गयो, रुप र बनावट पनि बदलिँदै गयो । शरीरमा जुन अंगको आवश्यकता थिएन, त्यो अंग आफैँ लुप्त हुँदै गयो । जस्तैः मानिसको शरीरमा एपेन्डिक्सको अब कुनै भूमिका छैन । जसका कारण यसको आकार समयसँगै कम हुँदै गयो ।
हुनसक्छ केही समयपछि यी पूरै तरहबाट खत्तम हुनसक्छ । वास्तवमा प्रकृतिको विकासको पाङ्ग्रा सधैँ घुमिरहन्छ । मानिसको उत्पत्ति पनि यसैको नतिजा हो ।
सबै जीव प्राकृतिक विकासको नतिजाबाट नै उत्पन्न भएका हुन् । तर अहिले क्रमिक विकासको चक्र चलिरहेको छैन भन्नु गलत हुन्छ । मान्छे पनि यही पक्रियासँग चलिरहेको छ । भविष्यमा मानिसको रुपरंगमा हामीले परिवर्तन देख्न सक्छौँ ।
नयाँ अनुसन्धानले त आउँदो समयमा कायापलट नै हुने बताएको छ, जसका कारण पृथ्वीमा रहने कुनै जीव अहिलेको जस्तो देखिने छैनन् ।
सन् १९८० मा लेखक डुगल डिक्सनले एउटा किताब लेखेका थिए । ‘आफ्टर म्यानः ए जुओलोजी अफ् द फ्युचर’ किताबमा उनले लाखौँ वर्षपछि देखिने यस्तो दुनियाँको कल्पना गरेका छन्, जसलाई पत्याउन निकै मुश्किल छ ।
यो किताबमा उड्ने बाँदर, भँगेरासहितका फूलहरु जसमा शिकार आफैँ आएर बस्दछन्, हावामा उडेर शिकार गर्ने सर्पको उल्लेख गरिएको छ ।
कुनै आम मानिसका लागि यो दुनियाँ कुनै सनकी लेखकको दिमागको उपजभन्दा धेरै केही होइन । यो पूरै मनगणन्ते कहानी हो । तर अनुसन्धानकर्ताहरु भने यो किताबमा भविष्यको सबै सम्भावनाहरु देख्छन् ।
भविष्यमा के हुन्छ ?
लाखौँ वर्ष पहिले धरतीमा डायनासोर थिए, यो सबैलाई थाहा भएको कुरा हो । तर त्यतिखेर पनि अहिलेका मानिसको कल्पना गरिएको भए पनि त्यो पनि उत्तिकै अचम्म लाग्थ्यो, जति आज हामी १० लाख वर्षपछिको दुनियाँको कल्पना गरिरहेका छौँ ।
आखिर क्रमिक विकासको गणित के हो ? यसलाई सम्झिनको लागि इतिहासको पाना पल्टाउनु पर्छ । विकासका जीव वैज्ञानिक जोनाथन लोसोसका अनुसार ५४ करोड वर्ष पहिले जब क्याम्ब्रियन विस्फोट हुँदा धरतीमा रहेका कैँयौ तरहका अजीव जीवहरु लुप्त भए ।
उनी लेख्छन्, ‘यस बेलाको 'हेलोसेजिन्या' नामको एक जीवको जिवावशेष पाइएको थियो । जसको पूरै शरीरमा मानिसको रीढको हड्डीमा देखिने हड्डीको जालजस्तै देखिन्थ्यो । निकट भविष्यमा यस्तै केही जीवहरुको उत्पत्ति हुने पुरै सम्भावना छ ।’
प्राध्यापक लोसोसका अनुसार जीव विज्ञानको क्षेत्रमा अथाह सम्भावनाहरु छन् र यसको अन्त्य कहाँ हुन्छ, भन्न मुश्किल छ । उनका अनुसार अहिले पनि धरतीमा यस्ता धेरै जीवहरु छन्, जसका बारेमा हामीलाई थाहा पनि छैन ।
जीव विज्ञानको सम्भावनाका बारेमा लेखिएको आफ्नो किताबमा लोसोसले कैयौँ किसिमका तर्कहरु प्रस्तुत गरेका छन् । उनका अनुसार यो सम्भावना कहाँ गएर रोकिन्छ, यसको बारेमा थाहा पाउन कठिन छ । यदि इतिहासले आफैँलाई दोहोर्याउँदा मानिसको विकासक्रम लाखौँ वर्ष पहिलेको जस्तै हुनसक्छ ?
भन्न मुश्किल छ । तर यो कुराको सम्भावना जरुर छ कि भविष्यमा कुनै ठूलो ज्वालामुखी विस्फोट हुनसक्छ या धूमकेतु पृथ्वीसँग ठोक्किन सक्छ । त्यसपछि पृथ्वीको पूरा रुप नै बदलिनेछ ।
निकट भविष्यमा के हुन्छ यो पछिको बहस हो । विकासक्रमको सबैभन्दा धेरै असर यदि कसैमा देखिन्छ भने त्यो 'होमोसेमियन्स' अर्थात मानिसमा देखिन्छ, यो नै ठूलो कुरा हो ।
जनावरको आकृति कति बदलिएला ?
जीवावशेषसँग सम्बन्धित वैज्ञानिक पिटर वार्डले सन् २००१ मा आफ्नो किताब ‘फ्युचर इभोल्युसन’ मा लेखेका थिए, ‘जस्तो जिन्दगी आजका मानिसहरु बाँचिरहेका छन्, यदि आउने कैँयौ लाख वर्षसम्म यसरी नै बाँचिरहे भने हुनसक्छ पृथ्वीमा रहने जीव वातावरणमा आफूलाई अनुकुलन गर्न अजीव रुप धारण गर्न सक्छन् ।’
उदाहरणका लागि आज हामी सबै प्रदूषित वातावरणमा बाँचिरहेका छौँ । यदि प्रदूषण यसरी नै बढिरह्यो भने हुनसक्छ हाम्रो अगाडि चुच्चो मुख भएका चराको परिकल्पना आउँछ, जो टिनको क्यानबाट पानी पिउन सक्षम हुन्छ । या यस्तो मुसा देख्छौँ, जसको शरीरमा चिल्लो रौँ हुन्छ, जसले विषालु पानीलाई आफ्नो शरीरमा टिक्न दिँदैन ।
अनुसन्धानकर्ता प्याट्रिशिया ब्रेनेनका अनुसार धरतीमा सफा पानीका कारण वर्तमान जीवहरुले आफूलाई त्यही अनुरुप ढाल्न अनाैठा गुणहरु देखिन सक्छन् । या यस्तो विशाल जीव उत्पन्न हुन्छन्, जसको शरीरमा हावाबाट गिलोपनादेखि पानीको कमी पूरा गर्ने क्षमता होओस् ।
छेपारोको घाँटी नजिक रहेको झालरदार कलर अझै ठूलो हुनसक्छ, जहाँ उसले आफैँका लागि पानी जम्मा गरेर राख्न सक्छ । सम्भावना यो पनि छ– केही जनावरको शरीरबाट भुवा सकिनेछ र उनीहरुको शरीरमा पानी जम्मा गर्नका लागि झोलाजस्तो बन्नेछ ।
पृथ्वीको बढ्दो तापक्रम को कारण गर्मी क्षेत्रमा रहने जीवहरुलाई बाँच्न मुश्किल हुनेछ । यसर्थ बदलिँदो माहोलमा आफूलाई ढाल्न उनीहरुको शारीरिक बनावटमा फरक आउनु आवश्यक छ ।
अजीव जीव
पृथ्वीमा जीवहरु देखिन सुरु भएसँगै आजसम्म धेरै प्रजातिहरु विलुप्त भैसकेका छन् । पृथ्वीमा ठूला परिवर्तन पनि भएका छन् । ‘अहिलेभन्दा २५ करोड पहिले झण्डै ९५ प्रतिशत पानीमा रहने र ७० प्रतिशत जमिनमा रहने जीव अचानक समाप्त भएका थिए’, अनुसन्धानले बताउँछ ।
त्यसपछि डायनाेसर जस्ता जीवको अस्तित्व आयो तर केही समयपछि यिनीहरुको पनि समय समाप्त भयो र स्तनधारी जीवको अवस्थिति देखियो । यस्तो परिवर्तनलाई मध्यनजर गरेपछि अनुसन्धानकर्ताहरु पृथ्वीमा जीवन सम्भव भएको एक लाख वर्षसम्म यस्तो जीव देखिएका छैनन्, जसलाई धेरै अक्जिसनको जरुरी हुन्छ ।
तर दुई लाख ४१ हजार वर्षपछि फोटोसेन्थिेसिस (प्रकाश संश्लेषण) को प्रक्रिया सुरु हुँदा पृथ्वीको धेरै किसिमका ब्याक्टेरिया समाप्त भयो । जीवहरुको दुनियाँमा जब एक पटक परिवर्तन हुन्छ भने त्यो प्रक्रिया चलि नै रहन्छ । यो परिवर्तन भैरहेको छ र यो पछि पनि चलिरहन्छ ।
हुनसक्छ निकट भविष्यमा मानिसको अस्तित्व पूरै समाप्त हुनसक्छ र अजीव प्रकारका जीवहरुले पृथ्वीमा राज गर्नेछन् । तर यो निकट भविष्य अहिले निकै टाढा छ– तपाईँ, हामी र हाम्रो आउने कैयौँ पिँढीले यो सब देख्न पाउने छैनन् ।
'बीबीसी' हिन्दीबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।