स्पेनिस ला लिगा : भिल्लारियलसँग बराबरीमा रोकियो रियल मड्रिड

 भदौ १६, २०७६ सोमबार ७:३५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा रियल मड्रिड भिल्लारियलसँग बराबरीमा रोकिएको छ । भिल्लारियलको मैदानमा भएको खेलमा घरेलु टिमले दुई पटक लिएको अग्रतामा ग्यारेथ बेलले गोल गर्दा रियलले २–२ गोलको बराबरीमा अंक खोसेको हो ।

खेलको १२औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा बेलले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

खेलमा रियल मड्रिडले घरेलु टिमलाई निकै दबाब दिएको थियो । दोस्रो हाफमा टोनी क्रिजको प्रयासलाई भिल्लारियल गोलकिपरले उत्कृष्ट बचाउ गरे ।

७४औं मिनेटमा मोई गोमेजले गोल गर्दै फेरि भिल्लारियललाई अग्रता दिलाए । मोरेनोले नजिकबाट गरेको प्रहार रियलका गोलकिपर कोर्ट्वाले बचाएका थिए । त्यसपछिको रिबाउण्ड बलमा गोमेज बार्डोनाडोले गोल गर्दै फेरी भिल्लारियललाई अग्रता दिलाए ।

८६ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै फेरि खेल बराबरीमा पुर्‍याए । इन्ज्युरी समयको अन्तिम दुई मिनेटभित्र बेलले २ वटा पहेँलो कार्ड पाउँदा रियल मड्रिडले केही सेकेण्ड खेल १० खेलाडीमा खेलेको थियो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया