जोकोभिच घाइते भएपछि वावरिन्का यूएस ओपन टेनिसको क्वार्टर फाइनलमा

 भदौ १६, २०७६ सोमबार १०:६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्व नम्बर एक नोभाक जोकोभिच घाइते भएपछि २३औं वरीयताका स्वीस खेलाडी स्टानिस्लास वावरिन्का यूएस ओपन टेनिसको क्वार्टर फाइनलमा पुगेका छन् । 
गएको वर्षका विजेता जोकोभिचले स्टानसँगको खेलमा पहिलो सेट गुमाए पनि दोस्रो सेटमा कमब्याक गरेका थिए । 

पहिलो सेट ६–४ ले गुमाएका जोकोभिचले दोस्रो सेटमा ५–७ को जित निकालेका थिए । तेस्रो सेटमा वावरिन्काले २–१ को अग्रता लिएको अवस्थामा जोकोभिचले खेल त्यागेका थिए । उनको काँधमा समस्या आएको छ । 

सन् २००६ मा युएस ओपनमा डेब्यू गरेपछि जोकोभिच सेमिफाइनलभन्दा अगाडी नै बाहिरिएको पहिलो पटक हो । जोकोभिचले तीन पटक युएस ओपनको उपाधि जितिसकेका छन् ।

तेस्रो वरियताका स्वीस खेलाडी रोजर फेडेरर पनि क्वार्टर फाइनलमा स्थान बनाउन सफल भएका छन् । पुरुष टेनिसका सर्वाधिक सफल खेलाडी फेडेररले बेल्जियमका डिएगो गोफिनलाई ६–२, ६–२ र ६–० को सहज सेटमा हराएका थिए ।

यस्तै पाँचौं वरियताका रसियन खेलाडी डेनिल मेद्भेदेभले जर्मनीका डोमिनिक कोप्फरलाई ३–१ को सेटमा पाखा लगाउँदै अन्तिम आठमा प्रवेश गरे । पहिलो सेट ३–६ ले जितेका कोप्फरले पछिल्लो तीन सेट भने गुमाउन पुगे ।

मेद्भेदेभले पछिल्लो तीन सेटमा कमब्याक गर्दै ६–३, ६–२ र ७–६(७–२) को जित निकालेका थिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया