डोरिअन आँधी : अमेरिकाको ४ राज्यमा आपतकाल घोषणा

 भदौ १६, २०७६ सोमबार ११:४१:५० | एजेन्सी
unn.prixa.net

आधुनिक समयकै सबैभन्दा शक्तिशाली मानिएको डोरिअन समुद्री आँधी उत्तर पश्चिमी बहमासमा पुगेको छ । प्रतिघण्टा दुई सय ८५ किलोमिटरको वेगमा रहेको डोरिअन क्याटगरी पाँचको शक्तिशाली समुद्री आँधी हो ।

आँधीले बहमासको अबाको द्वीपमा पनि आतंक मच्चाएको छ । आँधीका कारण भूस्खलन हुँदा कैँयौ घरमा क्षति पुगेको छ ।

बहमासको पर्यटन मन्त्रालयका महानिर्देशकले भने, ‘डोरेन आँधीका कारण अहिलेसम्म कसैको ज्यान गएको खबर प्राप्त भएको छैन । यद्यपि आँधीका कारण बहमासमा २९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आँधीसँगै भूस्खलन भएको छ । अब यो आँधीले फ्लोरिडामा आतंक मच्चाउन सक्छ, यसर्थ पहिले नै ‘अलर्ट’ गरिएको छ ।’

अमेरिकी राज्यहरु फ्लोरिडा, जर्जिया, उत्तर र दक्षिण क्याराेलिनामा आपतकाल घोषणा गरिएको छ । आँधीका कारण कतिपय ठाउँमा बत्ति छैन भने कतिपय ठाउँमा इन्टरनेट सेवा पनि सुस्त छ ।

चक्रवाती आँधी डोरन द्रूत गतिमा अमेरिकाको फ्लोरिडा राज्यतर्फ बढिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आँधीलाई मध्यनजर गर्दै आफ्नो पोल्याण्ड भ्रमण पनि रद्द गरेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • Sam

    Sept. 2, 2019, 5:09 p.m.

    Please research before posting news it South and North Carolina not California.

  •  0 Reply

तपाईको प्रतिक्रिया