मालिंगाले बनाए टी–२० मा रेकर्ड, अफ्रिदीलाई उछिने

 भदौ १६, २०७६ सोमबार १२:२३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकाका कप्तान लासिथ मालिंगा टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै विकेट लिने बलर बनेका छन् । 

मालिंगाले ७४ औँ टी–२० खेलमा ९९ विकेट लिँदा पाकिस्तानका पूर्व कप्तान तथा अलराउण्डर शाहिद अफरीदीको रेकर्ड तोडेका हुन् । अफरीदीले ९९ खेलमा ९८ विकेट लिएका छन् ।  

मालिंगाले न्यूजिल्याण्डविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा आइतबार कोलिन डी ग्राण्डहोमको विकेट लिँदै रेकर्ड बनाएका हुन् । 

यसैबीच आइतबार भएको खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई ५ विकेटले हरायो । श्रीलंकाले दिएकाे १७५ रनको लक्ष्य न्यूजिल्याण्डले १९ दशमलव ३ ओभरमा पूरा गर्‍यो ।

३६ वर्षका मालिंगाले सन् २००६ मा इंग्ल्याण्डविरुद्ध पहिलो टी–२० खेलेका थिए । यद्यपि मालिंगाले सन् २०११ मा टेस्टबाट र यही वर्षको गएको जुलाईमा एकदिवसीयबाट सन्यास लिएका छन् । 

मालिंगाले ३० टेस्टमा १०१ र २२६ एकदिवसीयमा ३३८ विकेट लिएका छन् । उनले टी–२० मा एकपटक ४ र एक पटक ५ विकेट लिएका छन् ।  

यी हुन् टी–२० मा धेरै विकेट लिने बलरहरु–

१. लसिथ मालिंगा : ७४ खेलमा ९९ विकेट 
२. शाहिद अफ्रिदी : ९९ खेलमा ९८ विकेट
३. शाकिब अल हसन : ७२ खेलमा ८८ विकेट 
४. उमर गुल ६० खेलमा : ८५ विकेट 
५. सईद अजमल : ६४ खेलमा ८५ विकेट 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया