न्यू डायमण्डलाई हराउँदै नेपाल पुलिस क्लबले जित्याे राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि

 भदौ १६, २०७६ सोमबार १६:५९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । 

लामाचौर तिज महोत्सवअन्तर्गत सोमबार पाेखरामा भएको फाइनल खेलमा पुलिसले न्यू डायमण्ड एकेडेमी काठमाण्डौलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । 

चार पटकको च्याम्पियन न्यू डायमण्डलाई स्तब्ध बनाउँदा पुलिसले पहिलो सेट १५–१६  ले जितेको थियो । त्यसैगरी दोस्रो सेटमा २५–१४ ले पछि परेको न्यू डायमण्डले तेस्रो सेटमा फर्कने प्रयास गरे पनि २५–२० ले पराजित हुँदै पाँचौ पटक उपाधि जित्ने अभियानमा धक्का पुग्यो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया