राेनाल्डाे १० औं पटक पाेर्चुगिज वर्ष खेलाडी बन्न सफल

 भदौ १७, २०७६ मंगलबार ६:४१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले १० औं पटक पोर्चुगिच वर्ष खेलाडीको अवार्ड जितेका छन् । योसँगै उनी लामो समयसम्म यो उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् ।

३४ वर्षीय रोनाल्डोले २००७ देखि यो उपाधिमा बर्चश्व जमाउँदै आएका छन् । यो बीचमा उनले २०१० र २०१४ मा मात्र उपाधि जित्न सकेनन् । त्यसबाहेक अरु वर्ष रोनाल्डो नै यो अवार्डको हकदार बनेका छन् ।

रोनाल्डोले यो सिजन उपाधि जित्न एट्लेटिको मड्रिडका जोहो फेलिक्स र म्यानचेस्टर सिटीका बर्नान्डो सिल्भालाई पछि पारे । यो सूचीमा मिडफिल्डर ब्रुनो फर्नान्डेस र उल्भ्सका रुबेन नाभास पनि रहेका थिए ।

अवार्ड कार्यक्रममा रोनाल्डो पुरुष वर्ष खेलाडी बन्दा महिलामा लियोनकी जेसीका सिल्भाले जितिन् । वर्षको उत्कृष्ट प्रशिक्षक बु्रनो लागे र महिलामा मिगुइल सान्टोसले जिते । उत्कृष्ट टिमको अवार्ड बनेफिकाले पायो । यस्तै, उत्कृष्ट महिला टिमको अवार्ड पनि बेनफिकाले नै हात पार्‍यो ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया