माउरो एक सिजनका लागि इन्टर मिलानबाट पीएसजीमा अनुबन्ध

 भदौ १७, २०७६ मंगलबार ७:१७:० | उज्यालो सहकर्मी
unn.prixa.net

अर्जेन्टिनाका स्ट्राइकर माउरो इकार्डी एक सिजनका लागि इन्टर मिलानबाट लोनमा पेरिस सेन्ट जर्मेन आएका छन् ।

२६ वर्षीय माउरो इन्टर मिलानमा दुई बर्षका लागि नयाँ सम्झौता गरेका थिए । तर पीएसजीसँग उनलाई सधैँका लागि अनुबन्ध गर्ने अवसर पनि रहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार उनलाई पीएसजीले ६५ मिलियन युरो तिर्नसक्ने बताइएको छ ।

६ वर्ष इन्टर मिलानमा बिताएका उनले २ सय १९ खेलमा एक सय २४ गोल गरेका थिए । पीएसजीमा अनुबन्ध भएपछि उनले नयाँ क्लबका लागि आफू जे पनि गर्नसक्ने बताएका छन् । पछिल्लो केही वर्षमा पीएसजीले विश्वका पावरहाउस देशका खेलाडी अनुबन्ध गर्ने ओइरो नै लगाएको छ ।

माउरोको आगमनसँगै गोलकिपर केलियन नाभासलाई पनि रियलबाट अनुबन्ध गरेको छ । कोस्टा रिकाका गोलकिपर नाभासलाई पीएसजीले चार वर्षका लागि अनुबन्ध गरेको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया