प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका महासचिव पौडेल आज सिंगापुर जाँदै

 भदौ १७, २०७६ मंगलबार १२:१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेकपाका महासचिव विष्णु पौडेल मंगलबार सिंगापुर जाँदै हुनुहुन्छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न उहाँ दिउँसो सवा एक बजे सिँगापुर जान लाग्नुभएको हो ।

महासचिव पौडेल प्रधानमन्त्रीसँगै आउँदो शुक्रबार स्वदेश फर्कने कार्यतालिका छ । यसअघि महासचिव पौडेलसँगै उपाध्यक्ष वामदेव गौतम पनि सिंगापुर जाने भनिए पनि त्यो हल्ला मात्रै भएको गौतमको निजी सचिवालयले जनाएको छ । 

गएको ५ गते उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओलीको नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भैरहेको छ । प्रधानमन्त्री ओलीको सोमबार छैटौँ चरणको प्लाज्मा फेरसिस गरिएको र भोलि अन्तिम चरणको उपचार गरी शुक्रबार स्वदेश फर्किने उहाँको सचिवालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

1 Comments

  • Gorkhe

    Sept. 3, 2019, 1:52 p.m.

    भिडीयो कन्फरेन्स वाट मंत्रीपरिषदको बैठक हुनसक्छ भने , प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था पनि भिडीयो कन्फरेन्स गरेर बुझे हुन्थ्यो होला नि होइन र ? देशको ढुकुटी रित्याउने चाला हो सबैको /

  •  0 Reply

तपाईको प्रतिक्रिया