भारतीय टेस्ट क्रिकेटमा सर्वाधिक सफल कप्तान सावित भए कोहली

 भदौ १७, २०७६ मंगलबार १३:३०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली टेस्ट क्रिकेटमा सर्वाधिक सफल कप्तान सावित भएका छन् । भारतीय टेस्ट इतिहासमा कप्तानको रुपमा उनले सर्वाधिक २८ टेस्ट जित्दै शीर्ष स्थानमा उक्लिएका हुन् ।

वेस्ट इण्डिजविरुद्धको पहिलो टेस्ट जितेर महेन्द्रसिंह धोनीसँग २७ टेस्टको संख्या बराबरी गरेका कोहलीले सोमबार राति दोस्रो टेस्टमा पनि जित हात पारेपछि धोनीलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएका हुन् । कोहलीले टेस्टमा जित हात पारेको २८ पुगेको छ । उनले कप्तानको रुपमा ४८ टेस्ट खेलेका छन् । टिम इण्डियाका अर्का पूर्व कप्तान सौरभ गांगुली तेस्रो स्थानमा छन् । उनको कप्तानीमा भारतले २१ टेस्ट जितेको थियो । 

कोहलीले कप्तानको रुपमा टेस्ट करियरमा अहिलेसम्म २८ टेस्ट जित्दा १० टेस्ट ‘ड्र’ गरेका छन् भने १० वटामा पराजित भएका छन् । २७ टेस्ट जितेका धोनीले कप्तानको रुपमा ६० टेस्ट खेलेका थिए । जसमा उनले १८ टेस्टमा पराजित हुँदा १५ टेस्ट ‘ड्र’ गरेका थिए ।

यस्तै विदेशी भूमिमा गरेको प्रदर्शनका आधारमा पनि कोहली भारतको सर्वाधिक सफल कप्तान बनेका छन् । उनले विदेशी भूमीमा १३ टेस्ट जित्दै यो उपलब्धि हासिल गरेका हुन् । यस्तै, गांगुलीले विदेशी भूमिमा ११ टेस्ट मात्रै जितेका थिए भने धोनीले विदेशी भूमिमा ५ टेस्ट मात्रै जितेका छन् ।

कोहली भारतको तेस्रो सफल कप्तान पनि बनेका छन् । उनको कप्तानीमा भारतले १०१ अन्तर्राष्ट्रिय क्रिकेट जितेको छ । पहिलो स्थानमा १८१ खेल जित्दै महेन्द्रसिंह धोनी रहँदा दोस्रो  स्थानमा १०४ खेल जित्दै मोहम्मद अजरुद्दीन दोस्रो स्थानमा छन् ।

कोहली २०१४ मा पहिलो पटक कप्तान बनेका थिए ।  पूर्व कप्तान धोनीले भारतीय टिमको अस्ट्रेलिया भ्रमणका बेला टेस्टटिमको कप्तानी छाडेका थिए ।

त्यसपछि कोहली कप्तान बनेका थिए । कोहलीको कप्तानीमा भारतले भारतीय भूमिमा अस्ट्रेलिया, इंग्ल्याण्ड र न्यूजिल्याण्ड जस्ता सशक्त टिमलाई पराजित गरेको थियो ।  तर दक्षिण अफ्रिकामा १–२ तथा इंग्ल्याण्डको भूमिमा १–४ ले सिरिज पनि गुमाएको थियो । गत बर्ष भने भातरले अस्ट्रेलियाकै भूमीमा २–१ ले ऐतिहासिक टेस्ट जितेको थियो । दुई देशबीचको ७१ वर्षीय क्रिकेट भिडन्तमा भारतले अस्ट्रेलियामा सिरिज जितकै पहिलो पटक थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया