च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ १३ महिनापछि फेरि टेस्ट क्रिकेटको वरीयताकाे शीर्ष स्थानमा पुगेका छन् ।
बल टेम्पिरिङ काण्डपछि १ वर्ष प्रतिबन्ध झेलेका स्मिथले एशेजमा पुनरागमन गरेका हुन् ।
डिसेम्बर २०१५ देखि लगातार टेस्ट वरीयतामा शीर्ष स्थानमा रहेका स्मिथ २०१८ मा बल टेम्पिरिङ काण्डले प्रतिबन्धमा परेका थिए । उनी प्रतिबन्धमा पर्दा उनकाे रेटिङ अंक ९४७ थियाे भने दाेस्राे वरीयतामा रहेमा भारतका कप्तान विराट काेहलीकाे अंक ९१२ थियाे ।
उनी प्रतिबन्धमा परेपछि भारतका कप्तान विराट कोहलीकाे अन्य खेलबाट अंक बढ्दै गयाे भने खेलमा प्रतिबन्ध लागेका स्मिथकाे अंक घट्न थाल्याे र एउटा बिन्दुमा पुगेर काेहली शीर्ष स्थानमा उक्लिए।
तर ८८७ अंकबाट एशेजमा पुनरागमन गरेका स्मिथले खेलेका तीन इनिङबाट राम्राे अंक बटुल्दै विराट कोहलीलाई पछि पारेका हुन् । स्मिथ ९०४ अंक सहित शीर्ष स्थानमा रहँदा कोहली ९०३ अंक सहित दोस्रो स्थानमा छन् ।
चाेटका कारण एशेजकाे तेस्राे खेल गुमाएका स्मिथले चौथो र पाँचौ टेस्टमा उत्कृष्ट ब्याटिङ गरे अंक बढाउँदै वरीयताको शीर्षस्थान सुरक्षित गर्ने मौका स्मिथसँग रहेको छ । त्यस्तै दक्षिण अफ्रिकासँगकाे आउँदाे तीन टेस्टमा राम्राे गर्न सके शीर्ष वरीयतामा फेरि फर्कन सक्ने माैका काेहलीसँग छ ।
यसै गरी ८७८ अंकसहित न्यूजिल्याण्डका केन विलियम्सन तेस्रो तथा ८२५ अंक जोडेका भारतका चेतेश्वर पुजारा चौथो नम्बरमा छन् । न्यूजिल्याण्डकै हेनरी निकोलस भने ७४९ अंकसहित पाँचौँ स्थानमा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।