सेरेना विलियम्स यूएस ओपन टेनिसको सेमिफाइनलमा

 भदौ १८, २०७६ बुधबार ८:५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

सेरेना विलियम्स अमेरिकामा जारी यूएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।

बुधबार बिहान भएको क्वार्टरफाइनलमा चीनीया खेलाडी वाङ क्विङलाई मात्र ४४ मिनेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाइन् । ३७ वर्षीया विलियम्सले पुरै खेलमा पाँच पटक सर्भिस ब्रेक गरेकी थिइन् । उनले वाङलाई ६–१ र ६–० ले पछि पारिन् ।

अब विलियम्सले पाँचौ बरियताकी इलिना भिटोलिनासँग प्रतिस्पर्धा गर्नेछिन् । उनले बेलायती खेलाडी जाहाना कोन्टालाई हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल भएकी हुन् ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया