गएको वर्ष जापानमा १ सय २५ वर्षयताकै कम शिशु जन्मिए
फागुन १५, २०८१ बिहिबार
रसुवा - रसुवाको गोसाइ कुण्ड गाउँपालिका–२, टिमुरेमा प्रहरीले कुटपिट गरेको घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरेको छ ।
मंगलबार दिउँसो प्रहरीले कन्टेनर धनी आशिष तामाङमाथि कुटपिट गरेपछि त्यस घटनाबारे अध्ययन गर्न जिल्ला न्यायाधिवक्ता बाबुराम भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिमा सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराई, प्रहरी नायब निरीक्षक गोकर्ण थापा, व्यावसायी कामी नुर्पु तामाङ र गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष दावादोर्जे तामाङ सदस्य रहेका छन् ।
समितिलाई सवारी धनी र मजदुरमाथि भएको दुर्व्यवबारे छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न समयसीमा दिइएको छ । टिमुरेमा बुधबार भएको छलफलमा सवारी चालक र व्यवसायीद्वारा भएको आन्दोलनको कार्यक्रम स्थगित गर्ने लगायतका ८ बुँदे सहमति भएको छ ।
सहमति अनुसार छानबिन समिति गठन गर्ने, राति ११ बजेसम्म बजार खुला गर्ने, पार्किङको व्यवस्थापन गर्ने, जाँचलाई मर्यादित बनाउने, साना सवारी साधन केरुङ लैजानका लागि सहजीकरण गर्ने लगायतका सहमति भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभएको छ ।
मंगलबार प्रहरीले कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।