यूरो कप छनोटमा इटालीको अपराजित यात्रा कायमै

 भदौ २०, २०७६ शुक्रबार ९:३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

यूरो कप छनोटमा इटालीले आफ्नाे अपराजित यात्रालाई कायम राखेकाे छ । बिहीबार राति भएकाे खेलमा पाँचौं जित निकाल्ने क्रममा उसले १० खेलाडीमा सीमित भएकाे अर्मेनियालाई ३-१ गोल अन्तरले पराजित गर्‍यो ।

अर्मेनियाको मैदानमा भएकाे खेलमा इटालीले घरेलु टिमकाे एक गाेलकाे अग्रता उल्ट्याएकाे हाे । खेलको ११ औं मिनेटमा एलेक्सजेण्डरले गोल गर्दै अर्मेनियालाई १-० को अग्रता दिलाएका थिए । तर, २८ औं मिनेटमा आन्द्रे बेलोट्टीले गोल गर्दै इटालीलाई बराबरीमा पुर्‍याए ।

४५ औं मिनेटमा एलेक्सजेण्डरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा अर्मेनिया १० खेलाडीमा समेटियो । जसको फाइदा इटालीले उठाउन सफल भयाे।

त्यसपछि इटालीले ७७ औं मिनेटमा लोरेन्जो पेल्लीग्रिनीकाे गाेलमार्फत इटालीले २-१ को अग्रता बनायाे । ८० औं मिनेटमा बेलोट्टीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई ३-१ को जित दिलाए ।

जितसँगै समूह 'जे' को इटालीले ५ खेलबाट १५ अंक जोडेको छ । अर्मेनियाको यो तेस्रो हार हो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया