च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - एसीसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
शुक्रबार भएकाे खेलमा नेपालले घरेलु टोली श्रीलंकासँग पाँच विकेटको हार ब्यहोरेकाे हाे । श्रीलंकाको आर प्रेमदासा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले नौ विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।
पहिले ब्याटिङ गरेकाे नेपालले दिएको १६० रनको मध्यम लक्ष्य श्रीलंकाले ३३ ओभर चार बलमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकालाई जित दिलाउनका लागि कामिल मिसाराले ५५ रनको पारी खेले । उनले ६२ बलमा तीन चौका र दुई छक्का प्रहार गरेका थिए ।
यस्तै अहान विक्रमासिंंघेले पनि ३० रन जोडे । निपुन धनञ्जयाले १८ रन बनाए भने अभिष्का थारिन्दुले अविजित २५ रन जोडे । बलिङतर्फ रशिद खानले दुई विकेट लिए भने पवन सर्राफ र सागर ढकालले एक एक विकेट लिए ।
वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा नेपालका लागि रित गौतमले ५४ रनकाे अर्धशतकीय योगदान दिएका थिए । त्यस्तै रोहित कुमार पौडेलले ४७ रन बनाए । राशिद खानले १५ रन तथा हरि चौहानले १२ रनको योगदान दिएका थिए । अन्यको प्रदर्शन खराब रह्यो ।
नेपाललाई कम स्कोरमा रोक्नका लागि श्रीलंकाका दिलसान मदुशंका र नभोद पारानाभिथानाले तीन–तीन विकेट तथा रोहण सञ्जया र आशियान डेनियलले १–१ विकेट लिएका थिए । अब नेपालले आइतबार बंगलादेशसँग प्रतिष्पर्धा गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।