च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई २ सय ६२ रनको लक्ष दिएको छ । श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६१ रन बनाएको हो ।
नेपालका लागि पवन सर्राफले ८१ रन बनाए भने सन्दीप जोराले आक्रामक अर्धशतक पूरा गरे । पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेको नेपालका ओपनर रित गौतमले ३२ रनको योगदान गरे ।
कुशल मल्लले २८, भीम सार्कीले २१ र कप्तान रोहित पौडेलले १४ रन बनाए । आसिफ शेखले ३ रन मात्र बनाउन सके । ओपनर पवनले धैयर्तापूर्वक ब्याटिङ गर्दै १ सय ९ बलमा ८१ रन बनाएका हुन् ।
उनले ८ चौका र १ छक्का प्रहार गरे । भिम सार्कीसँग ६७ रनको साझेदारी गर्ने क्रममा सन्दीपले ३७ बलमा ३ छक्का र ३ चौकाको मद्दतमा ५६ रन बनाएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।