आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
ओल्ड ट्राफोटमा भएको चौथो टेष्टमा इंग्ल्याण्डलाई १८५ रनले पराजित गरी अस्ट्रेलियाले एसेज श्रृंखला रक्षा गरेको छ । अस्ट्रेलियाले सन् २००१ यता एसेज उपाधि रक्षा गर्न सकेको हो ।
पाँचौ दिनको दोस्रो सेसनमा इंग्ल्यान्डले टेष्ट बराबरीका लागि अथक प्रयास गरेको थियो । ३ सय ८३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डका क्रिग ओभरटन र ज्याक लिचले नवौं विकेटका लागि १३.५ ओभरसम्म टिकेर अस्ट्रेलियाली बलरको टाउको दुखाएका थिए ।
तर लिचलाई मार्नस लबुस्चेन्जको लेग स्पिनको धरापमा परे भने ओभरटनलाई जस हेजलउडले एलबीडल्ब्यू आउट गरे ।
३८३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १८–२ को स्थितिबाट पाँचौं तथा निर्णायक दिनको सुरुवात गरेको थियो । जोय डेनलीले ५३ रनको पारी खेले पनि जेसन रोय, जोनी बेरिस्टो र जस बटलर रक्षात्मक बने । ओभरटनले क्रिजमा रहेर १०५ बलको सामना गरेका थिए ।
अस्ट्रेलियाली तीव्र बलरको आक्रमण भने एकपछि अर्को बलमा चुस्त देखिएको थियो । प्याट कुमिन्सले ४–४३ को सानदार प्रदर्शन गरे।
यसको मतलव अस्ट्रेलियाले स्वदेश फर्कँदा एसेज ट्रफी– ‘अर्न’लाई आफूसँगै लान पाउनेछ । यस्तो भएको सन् २००१ यता पहिलोपल्ट हो । जुलाईमा एकदिवशीय विश्वकप जितेको इंग्ल्यान्डले यसै वर्ष अर्को ठूलो सफलता हासिल गर्नबाट चुक्यो ।
इंग्ल्याण्डलाई पाँचौं टेष्ट जित्नैपर्ने स्थिति छ । किनभने यदि उनीहरु पराजित भए भने घरेलु मैदानमा टेष्ट शृंखला गुमेको सन् २०१४ पछिकै पहिलो हुनेछ । पाँचौ टेष्ट प्रशिक्षक ट्रेभर बेलिसका लागि अन्तिम खेल पनि हो ।