च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
सियरा लियोन राष्ट्रिय फुटबल टिमका खेलाडीले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा दुःख परिणाम भोग्नु परेको छ ।
आइतबार भएको खेलमा अन्तिम समयमा पाएको पेनाल्टीलाई मिस गरेपछि समर्थकले कप्तान उमारु बांगुराको घरमा आक्रमण गरेका छन् । घरेलु मैदानमा भएको खेलमा बांगुराले पेनाल्टी मिस गर्दा सियरा लियोन लाइबेरियासँग समग्रमा ३–२ ले पराजित हुँदै कतार विश्वकपमा पुग्नबाट बञ्चित भयो ।
यद्यपी सियरा लियोन दोस्रो लेगमा १–० ले विजयी भएको थियो ।
पेनाल्टीमा गोल गर्न नसकेपछि समर्थकहरुले कप्तान बांगुराको घरमा ढुंगा प्रहार गरेका थिए । समर्थहरुको आक्रमणका कारण बांगुराका घरका सिसाहरु फुटेका थिए । ‘यो मेरा जीवनकै सबैभन्दा खराब क्षण थियो,’ बांगुराले भने ‘म घरबाट बाहिर निस्किने अवस्था छैन ।’
‘समर्थकहरुबाट मैले यस्तो अपेक्षा नै गरेको थिइनँ ।’ ‘सबै खेल प्रेमीप्रति म क्षमता याचना गर्न चाहन्छु,’ बांगुराले भने । यदी त्यो गोल गर्न सकेको भए सेरा लियोन अवे गोलको आधारमा विश्वकप अफ्रिकी छनोटको दोस्रो चरणमा पुग्ने थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।