च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
श्रीलंकाका कप्तान दिमुथ करुणारत्ने, लसिथ मालिंगा र एन्जेलो म्याथ्युजसहित १० जना मुख्य खेलाडी पाकिस्तान भ्रमणमा नजाने भएका छन् ।
श्रीलंकाली टिमले दुई सातापछि पाकिस्तानमा तीनवटा एक दिवसीय र तीनवटा टी–२० खेल खेल्दैछ । सुरक्षाका कारण खेलाडीहरुलाई पाकिस्तान जाने वा नजाने भन्ने निर्णय गर्न छुट दिइएको थियो ।
सन् २००९ मा पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली टिममाथि आतंकवादी हमला भएको थियो । जुन घटनामा दुई जना सर्वसाधारण र ६ जना सुरक्षाकर्मीको ज्यान गएको थियो भने ६ जना खेलाडी घाइते भएका थिए ।
त्यसपछि पाकिस्तानले अहिलेसम्म घरेलु मैदानमा टेस्ट खेल्न पाएको छैन । श्रीलंका क्रिकेट बोर्डले एक विज्ञप्ति जारी गर्दै ‘सुरक्षाको विस्तृत जानकारी गराएपछि पाकिस्तान जाने वा नजाने निर्णय गर्न भनिएको थियो’ भनेको छ ।
तीन सिनियर खेलाडीसँगै निरोशन डिकवेला, कुशल परेरा, धनञ्जय डि सिल्भा, थिसारा परेर, अकिला धनञ्जया, सुरंगा लक्मल र दिनेश चण्डिमल पनि पाकिस्तान नजाने भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।