च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - एसीसी यू–१९ एसिया कप अन्तर्गत नेपालले अन्तिम खेलमा यूएईलाई १ सय ६० रनले पराजित गरेको छ । एसिया कपमा जितका साथ प्रतियोगिता सकेको नेपालले विश्वकप छनोटमा ब्यहोरेको हारको बदला पनि लिएको छ ।
नेपालको इनिङ्मा कप्तान रोहित कुमार पौडेलले ६७ रनको उत्कृष्ट योगदान दिए । नेपालले सुरुवातमा दुई विकेट गुमाएको थियो जसमा पहिलो बलमा ओपनर रित गौतम क्याच आउट भएका थिए भने चौथो ओभरमा पवन सर्राफ पनि डकआउट भए । उनले एघार बल सामना गर्दा एक रन पनि लिन सकेनन् ।
त्यसपछि क्रिजमा आएका आशिफ शेख र कप्तान रोहित कुमार पौडेलले ७९ रनको साझेदारी गर्दै टिमको इनिङ् सम्हाल्ने प्रयास गरेका थिए । आशिफले ५३ बलमा आठ चौका प्रहार गर्दै ४६ रनको योगदान दिए ।
सन्दिप जोराले ४८ रनको योगदान दिए भने कुशल मल्लले पनि २२ बलमा एक चौका र दुई छक्का प्रहार गर्दै २२ रन बनाए । आठौं विकेटका लागि कमल सिंह ऐरी र राशिद खानले ७० रनको साझेदारी गर्दै नेपालको स्कोर २७६ रनसम्म पुर्याए ।
कमलले २६ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्दै ४१ रन बनाए । राशिद खानले पनि ४४ बलमा ४४ रन बनाए । उनले पाँच चौका र एक छक्का प्रहार गरेका थिए ।
जवाफमा यूएई ३४ ओभर ४ बलमा १ सय २५ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा भ्रितीया रुद्राभलले सर्वाधिक २८ रन बनाए ।
यस्तै अलिसान सराफुले २१ रन जोडे । बलिङमा नेपालका सागर ढकालले तीन तथा रशिद खान, सूर्य तामाङ र पवन सर्राफले समान २/२ विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।