मैत्रीपूर्ण फुटबलमा बराबरीमा रोकिए उरुग्वे र अमेरिका

 भदौ २५, २०७६ बुधबार ८:२५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

मैत्रीपूर्ण फुटबलमा उरुग्वे र अमेरिकाले बराबरीमा चित्त बुझाएका छन् । १ गोलको अग्रता बनाएको उरुग्वेले अन्तिम समयमा गोल खाएपछि बराबरीमा चित्त बुझाएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेकोमा उरुग्वेले ५० औं मिनेटमा अग्रता बनाएको थियो । लुईस स्वारेज बिना नै मैदान उत्रिएको उरुग्वेका लागि ब्रेन रोड्रिगजेजले गोल गरेका थिए । १ गोलको अग्रता बनाएको उरुग्वेले ७९ औं मिनेटमा गोल खान पुग्यो ।

अमेरिकाका जोर्डन मोरिसले गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो ।

यस्तै, बुधबार नै भएको अर्को मैत्रीपूर्ण फुटबलमा इक्वेडरले बोलिभियालाई ३–० गोल अन्तरले पराजित गरेको छ । इक्वेडरको जितमा मिचेल स्टिको, जुनियर मोरेरा र गोन्जालो गिमिनेजले एक–एक गोल गरेका थिए । 

अर्को मैत्रीपूर्ण खेलमा कोलम्बिया र भेनेजुएलाले भने गोलरहित बराबरी खेलेका छन् ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया