यू–१९ एसिया कप क्रिकेट खेलेर नेपाली क्रिकेट टिम स्वदेश फिर्ता

 भदौ २५, २०७६ बुधबार ११:२०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

यू–१९ एसिया कप क्रिकेट खेलेर नेपाली क्रिकेट टिम स्वदेश फिर्ता भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले बंगलादेशसँग पराजित हुनु नै आफूहरुका लागि दुर्भाग्य बनेको बताए । श्रीलंकामा भएको प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

नेपाल घरेलु टोली श्रीलंकासँग ५ तथा बंगलदेशसँग ६ विकेटले पराजित भएपछि समूह चरणबाटै बाहिरिएको थियो ।

नेपालले अन्तिम खेलमा भने यूएईमाथि १६० रनको फराकिलो जित निकालेको थियो । नेपाली टोलीको  स्वागतका लागि काेही पनि विमानस्थल पुगेका थिएनन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • saan

    Sept. 11, 2019, 12:30 p.m.

    खेलाडीको मनोवल बढाउन समेत सक्दैनन् , अनि विजयको अपेक्षा राख्दछन /

  •  0 Reply

तपाईको प्रतिक्रिया