किर्गिस्तानमा नेपाली महिला फुटबल टिमलाई इतिहास रच्ने माैका

 भदौ २५, २०७६ बुधबार २०:१५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – किर्गिस्तानमा जारी नादेज्दा कप फुटबल प्रतियोगितामा नेपालले बिहीबार उज्बेकिस्तानसँग खेल्नेछ ।

किर्गिस्तानको काराकोल मैदानमा हुने खेल नेपाली समयअनुसार पौने चार बजेबाट सुरु हुनेछ । पहिलो पटक मध्य पूर्वमा फुटबल प्रतियोगिता खेल्न गएको नेपाली टिम फाइनलमै पुगेको हो ।

राम्रो अनुभव हुने अपेक्षा गरेका प्रशिक्षक हरि खड्काले जानुअघि यो प्रतियोगिताको उपाधि जित्नेभन्दा पनि राम्रो अनुभवका लागि यो प्रतियोगिता लिएको बताएका थिए । तर नेपाली महिला फुटबल टिमले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गर्न सफल भयो ।

नेपालले पहिलो खेलमा किर्गिस्तानसँग आठ–दुईको जित निकालेको थियो भने दोस्रो खेलमा उज्बेकिस्तानसँग नै दुई–शून्यले पराजित भएको थियो । समूहको अन्तिम खेलमा नेपालले ताजिकिस्तानलाई एक–शून्यले हराएको थियो । नेपालले तीन खेलमा ६ अंक बनाउँदै फाइनलमा पुगेको हो भने उज्बेकिस्तानले नौ अंक बनाएको थियो ।

दक्षिण एसियाली खेलकुद सागको तयारीका रुपमा रहेको नेपाली महिला टिमले यदि यो उपाधि जितेमा इतिहास बनाउनेछ । नेपाली महिला टिमले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्नेछ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया