प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
म्यानचेस्टर सिटीका लिजेन्ड भिन्सेन्ट कोम्पनीले क्लबमा दिएको योगदानको कदर स्वरुप आयोजित च्यारिटी म्याचमा प्रिमियर लिगका लिजेन्डहरु एकै स्थानमा जम्मा भए ।
ग्यारी नेभिले, रायल गिग्स, एश्ले कोल रोविन भान पर्सी जस्ता खेलाडी च्यारिटी म्याचमा सहभागि थिए । म्यानचेस्टर सिटी लिजेन्ड एघार र प्रिमियर लिग लिजेन्ड एघारबीच सम्पन्न खेल २–२ गोलको बराबरीमा सकियो ।
सिटीका लागि मार्टिन पेत्रोभले सुरुवाती गोल गरे पनि रोब्बी किनले प्रिमियर लिग लिजेन्डका लागि बराबरी गरे । त्यसपछि रोविन भान पर्सीले प्रिमियर लिग लिजेन्डलाई अग्रता दिलाए पनि मेन्जानीले सिटीलाई बराबरीमा पुर्याए ।
यो च्यारिटी म्याचमा इन्ज्युरीका कारण कोम्पनीले नै खेल्न पाएनन् । खेलबाट उठेको रकमले म्यानचेस्टरका घरबारविहीनहरुलाई सहयोग गरिनेछ ।
म्यानचेस्टर सिटीले कोम्पनीको सम्मानमा प्रशिक्षण मैदानको नाम भिनसेन्ट कोम्पनी नामाकरण गरेको छ ।
एघार वर्ष म्यानचेस्टर सिटीमा बिताएका कोम्पनी अघिल्लो सिजन म्यानचेस्टर छोडेर गृहनगरको क्लब एन्डरलेक्टमा आवद्ध भएका थिए ।