पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानको रिहाइ माग गर्दै हजारौंको ज...
मंसिर ११, २०८१ मंगलबार
नेपाल ओलम्पिक कमिटीको चुनाव भदौ २८ गते हुने भएको छ । यसअघि २० गते हुने भनिएको चुनाव अदालतको आदेशका कारण स्थगित भएको थियो । चुनाव सातदोबाटोमा रहेकाे कमिटीको कार्यालयमा बिहान आठ बजे सुरु हुने छ ।
यसअघि चुनाव स्थगित गर्न माग गर्दै ओलम्पिक कमिटीका कार्यसमिति सदस्य कमलबहादुर चित्रकारले दायर गरेको रीटमा आइतबार दुबै पक्षसँग छलफल गरी न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको थियो ।
यसअघि उक्त रिटमा भदौ १९ गते भएको सुनुवाईमा सर्वोच्चले चुनाव स्थगित गरी दुवै पक्षलाई २२ गतेका लागि छलफलमा बोलाएको थियो । सर्वोच्चको आदेशपछि भदौ २० गतेका लागि तोकिएको ओलम्पिक कमिटीको चुनाव स्थगित भएको थियो । आइतबार रीट निवेदनकर्ता र विपक्षी नेपाल ओलम्पिक कमिटी दुबै पक्षको कुरा सुनेपछि सर्वोच्चले चुनाव रोक्न अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय सुनाएको हो ।
सर्वोच्चको आदेशपछि स्थगित ओलम्पिक कमिटीको चुनावका लागि नयाँ मिति तोकिएको हो । यसपटकको चुनावमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ अध्यक्षको प्रतिस्पर्धामा रहेका छन । कुल २७ भोटमा २६ जना पदाधिकारी चुनावमा होमिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।