लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच झडप

 भदौ २६, २०७६ बिहिबार ११:५८:५ | एजेन्सी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

भारत र चीनको सीमा क्षेत्र लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ ।

दुई तिहाई क्षेत्र चीनको नियन्त्रणमा रहेको पूर्वी लद्दाखमा झडप भएको हो । भारतीय सैनिक गस्तीमा गएको विरोधमा दुई पक्षबीच झडप भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

झडपपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । झडपपछि भारत र चीनका सेनाबीच ब्रिगेडियर (सेनाको एक तह) स्तरीय  छलफल गर्ने सहमति भएको पनि खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया