एशेज सिरिज: पाँचाैँ टेस्टमा टस जितेर अष्ट्रेलिया बलिङ गर्दै

 भदौ २६, २०७६ बिहिबार १५:४२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

इंग्ल्याण्डमा जारी एशेज सिरिजकाे पाँचाैँ खेलका लागि अष्ट्रेलियाले टस जितेर पहिले फिल्डिङ गर्ने भएकाे छ ।

इंग्ल्याण्डकाे द ओभल मैदानमा नेपाली समय अनुसार पाैने चार बजे सुरु भएकाे खेलका लागि अष्ट्रेलिया तथा इंग्ल्याण्ड दुवै टाेलीले दुई-दुई खेलाडी परिवर्तन गरेका छन् ।

अष्ट्रेलियाका बलर मिचेल स्टार्ककाे ठाउँमा पिटर सिडल तथा ट्राभिस हेडकाे ठाउँमा मिचेल मार्श आएका छन् । त्यस्तै इंग्ल्याण्डकाे टाेलीमा जेसन राेय र केग ओभर्टनकाे ठाउँमा क्रिश वाेक्स र साम कर्रन खेल्ने भएका छन् ।

पछिल्ला चार खेलमा पहिलाे र चाैथाे खेल अष्ट्रेलियाले जितेकाे थियाे भने दाेस्राे खेल ड्र भएकाे थियाे । त्यस्तै तेस्राे खेल बेन स्टाेक्सकाे उत्कृष्ट पारीसँगै इंग्ल्याण्डले जितेकाे थियाे ।

यसरी सिरिजमा अष्ट्रेलिया २-१ ले अगाडि छ । पाँचाैँ टेस्ट जित्नसके सिरिजमा अष्ट्रेलियाले ३-१ ले जित्नेछ भने ड्र भएकाे खण्डमा पनि  २-१ ले जित्नेछ । तर इंग्ल्याण्डले भने सिरिज बराबरीमा राेक्न जित्नुकाे विकल्प छैन ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया