पाकिस्तानले जिम्बावेलाई १० विकेटले हरायाे
मंसिर ११, २०८१ मंगलबार
नेपाली महिला फुटबल टिम फेरि एक पटक उपाधिबाट बञ्चित भएको छ । किर्गिस्तानमा भएको नादेज्दा कप फुटबलको फाइनलमा नेपाल उज्बेकिस्तानसँग ३-२ गोलले पराजित भयो ।
खेलको सुरुवातदेखि नै आक्रामक फुटबल खेलेको उज्बेकिस्तानले आठौं मिनेटमा नेपालको पोस्टमा पहिलो प्रहार गरेको थियो । तर त्यो प्रहारलाई नेपालको डिफेन्सले बचायो । त्यसको केही मिनेटमा उज्वेक टिम फेरि गोल गर्नबाट चुक्यो ।
खेलको ३५ औं मिनेटमा फेरि उज्वेक टिमले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिन पुग्यो । तर ३९ औं मिनेटमा नेपालले गोल खान पुग्यो । नेपालको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै करासिचले डिबक्स भित्रबाट गरेको प्रहार गोलकिपर एञ्जिलाले बचाउन सकिनन् । त्यसको अर्को मिनेटमा उज्बेकिस्तानले फेरि अर्को अवसरको सिर्जना गरेको थियो । तर नेपालको डिफेन्डरले क्लियर गरे ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको उज्वेकिस्तानले दोस्रो हाफमा झन् आक्रामक फुटबल खेल्यो । जसमा ४९ औं मिनेटमा फेरि कारिसीचले गरेको प्रहारलाई नेपालले बल्ल–बल्ल बचायो । त्यसपछि ५१ औं मिनेटमा नेपालकी गोलकिपर अगाडि बढेको फाइदा उठाउँदै उज्वेक टिमले अर्को प्रहार गरे पनि पोस्ट नजिकैबाट बाहिरियो ।
५३ औं मिनेटमा नेपालले गोलको सुन्दर मौका पाएको थियो । तर पोलमा लागेर फर्कियो । ५५ औं मिनेटमा उज्बेकिस्तानले दोस्रो गोल गर्न सफल भयो । उसले नेपालका पाँच खेलाडीको बीचबाट बललाई गोलको दिशा दिन सफल भयो । २ गोलको अग्रता बनाएको उज्वेकिस्तानले ६४ औं मिनेटमा तेस्रो गोल गर्यो । यसपटक पनि नेपालको डिफेन्स र गोलकिपरको कमजोरीको फाइदा उठाउँदै उज्वेक टिमले गोल गर्यो ।
६७ औं मिनेटमा नेपालले एक गोल फर्काउन सफल भयो । नेपालका लागि सावित्रा भण्डारीले गोल गर्न सफल भइन् । उनले अनिता बस्नेतको पासको सदुपयोग गर्दै गोल अन्तर ३ १ मा पुर्याइन् । ७२ औं मिनेटमा उज्बेकिस्तानले अर्को अवसर पाएको थियो । डिबक्स भित्रबाट गरेको प्रहारलाई नेपाली गोलकिपर एञ्जिलाले बचाइन् । ७४ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीको प्रहारलाई उज्वेक टिमकी गोलकिपरले रोकिन् ।
७३ औं र ७६ औं मिनेटमा लगातार २ पटक पोस्ट चार्ज गरे पनि दुवै पटक पोलमा लागेर बल किलियर भएको थियो । ९० औं मिनेटमा नेपालले पेनाल्टी पाएको थियो । उज्बेकिस्तानका खेलाडीले डी बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई सावित्राले गोलमा परिणत गरेकी थिइन् । सावित्राको गोलले नेपालको हारको अन्तर ३–२ मा झरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।