च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
बंगलादेश प्रिमियर लिग बीपीएल अबदेखि आयाेजना नहुने भएको छ । बंगलादेश क्रिकेट बोर्डले बीपीएललाई खारेज गर्दै टी–२० टुर्नामेन्ट आयोजना गर्ने जनाएको छ ।
बंगलादेश क्रिकेट बोर्ड र फ्रेन्चाइज टिमबीच भएको बैठकमा कुरा नमिलेपछि बोर्डले बीपीएल गर्न अनुमति नदिने निर्णय गरेको अध्यक्ष नजमुल हसनले बताए । बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष हसनले फ्रेन्चाइज टिमलाई नयाँ सम्झौता गर्न आग्रह गर्दा उनीहरुले अस्वीकार गरेकाले यस्तो निर्णयमा पुगेको बताए ।
यस पटकदेखि बीपीएलको साटो अस्ट्रेलियाको बिग बास लिगको मोडेलमा खेल सञ्चालन हुनेछ । टी-२० टुर्नामेन्ट बंगलादेशका राष्ट्रपिता शेख मुजीबर रहमानको १०० औंँ जन्म जयन्तीको अवसरमा आयोजना गरिने जनाइएको छ ।
गएकाे संस्करणको बीपीएलको उपाधि कोमिल्ला भिक्टोरियनले जितेको थियो । बीपीएलमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने सिलेट सिक्सर्सबाट खेलेका थिए ।
यस्तै ‘हम अगमिन टी–२०’ को पनि नाम परिवर्तन गरेर अबदेखि बंगबन्धु टी–२० राख्ने निर्णय गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।